विराटनगर। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की र स्विस सरकारका स्विस डेभलपमेन्ट कोअपरेसन (एसडिसि) का असिस्टेन्ट डाइरेक्टर आर्नो विकि बीच आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ।
भेटका क्रममा द्विपक्षीय सहयोगका विभिन्न विषयमा कुराकानी भएको थियो। सो अवसरमा मुख्यमन्त्री कार्कीले संघीयता कार्यान्वयनमा स्विस सरकारले गरेको सहयोगको प्रशंसा गगरे । उनले स्विस सरकारले गरेका काम अहिले अघि बढिरहेको र त्यसको नतिजा प्रदेशमा छिट्टै नै देखिने बताए । नेपालको शान्ति समृद्धि र विकासका लागि स्विस सरकारले सहयोग हाम्रा लागि अत्यन्त महत्वपूर्ण भएको बताउँदै मुख्यमन्त्री कार्कीले जलवायु परिवर्तन लगायतका विषयमा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
असिस्टेनट डाइरेक्टर आर्नो विकीले कोशी प्रदेश सम्भावनायुक्त प्रदेश भएको चर्चा गर्दै यो प्रदेशमा विकास र पर्यटनको तथा सम्भावना भएको बताए ।
कोशी प्रदेश सुन्दर शान्त र यहाँका मानिसहरू मिलनसार भएकाले पनि यहाँ काम गर्न सजिलो भएको बताउँदै उनले यो भ्रमणले नेपाल र स्विजरल्याण्डको मित्रता किन भन्ने कुरालाई पनि पुष्टि गरेको दाबी गरे । ‘नेपाल र स्विजरल्यान्ड उस्तै उस्तै रहेको चर्चा गर्दै नेपाली हरुमा दुःख पीडा सहेर पनि अगाडि बढ्ने जुन क्षमता छ त्यसबाट म प्रभावित छु।’ उनले भने । लोकतन्त्रको यात्रा महत्त्वपूर्ण भएको बताउँदै उनले यो बेलामा सबैले आफ्नो आफ्नो भूमिका प्रभावकारी रुपमा देखाउनुपर्ने बताए ।
भेटवार्तामा स्विस सरकारका कोपरेसन मथेएस माएरलगायतका व्यक्तिहरु पनि सहभागी थिए ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।