विराटनगर । गोपाल किराती पुरानै पार्टीमा फर्किएका छन् । उनले नेतृत्व गरेको देशभक्त समाजवादी मोर्चा माओवादी केन्द्रमै समाहित भएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग ३ बुँदे सहमति गर्दै उनी पुन पुरानै पार्टीमा फर्किएका हुन् ।

नेपाली राजनीतिमा अभूतपूर्व जोखिम उत्पन्न भइरहेकाले क्रान्तिकारीहरूबीच एकता र ध्रुवीकरण प्राथमिक कुरा भएको प्रचण्ड र किरातीले गरेको सहमतिमा उल्लेख छ । सहमति पत्रमा माओवादी केन्द्रका संयोजक प्रचण्ड र किरातीले हस्ताक्षर गरेका छन् ।

प्रचण्डले पहिचानको मुद्दा छाडेको भन्दै किराती माओवादीबाट अलग भएका थिए ।