विराटनगर । ताप्लेजुङमा चौँरीको आक्रमणबाट एक विदेशी नागरिक घाइते भएका छन् । फक्ताङलुङ गाउँपालिका –६ मा चरिरहेको चौँरीले आक्रमण गर्दा विदेशी नागरिक घाइते भएका हुन् ।
फलेबाट घुन्सातर्फ जाने क्रममा चौँरीले पछाडिबाट आक्रमण गर्दा स्विट्जरल्याण्डका नागरिक रोनाल्ड क्रिस्टोन घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख बेदप्रसाद गौतमका अनुसार उनी कञ्चनजङ्घा क्षेत्रको भ्रमणका लागि ताप्लेजुङ आएका थिए ।
अहिले उनको घुन्सास्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेलाई हेलिकोप्टरबाट थप उपचारका लागि बाहिर लैजाने तयारी गरिएको प्रहरीले जनाएको छ।

