राजेश राई
नेकपा (एमाले) का अध्यक्ष कमरेडले एमालेलाई बलियो बनाउन एमालेका पूर्व नेता तथा कार्यकर्ताहरुलाई घर फर्किन अपिल गर्नु भएको सन्देश उहाँको फेसबुक पेजमा पढ्दा असाध्यै खुशी लाग्यो । म त सुरुमा कसैले नक्कली सन्देश जारी गर्यो की भनेर आँखा तानेर हेरेँ । होइन आधिकारिक पेज नै रहेछ । बिश्वास गरौं, यी सन्देश मनबाट जारी भएको हो ।
एमाले जनताको रगत, पसिना, आँशु र आशाबाट बनेको विशाल परिवार भएको स्वीकारोत्ती पहिलो पटक पढ्न पाइयो । लाखौं जनता, नेता तथा कार्यकर्ताहरुको रगत र पसिनाबाट निर्मित यो पार्टीलाई मुट्ठीभरका मान्छेहरुले आफ्नो तुत्छ स्वार्थ पुरा गर्ने मोहोरा र औजार बनाएको यो समयमा यति भनिनु पनि ठुलै कुरो हो ।
एमाले बलियो बनाउन अनेक अपमान र विभेद सहेर एमालेको घरभित्र बसिरहेकाहरुलाई नै काममा स्वागत गर्नुहोस्, अनि मात्रै घर बाहिर रहेकाहरुले विश्वास गर्छन् ।
सबैभन्दा पहिले त ९० प्रतिशत भन्दा बढी कार्यकर्ताहरुको भावना जोडिएको पूर्व उपाध्यक्ष कमरेड विद्यादेवी भण्डारी सदस्यताको बिषयमा पार्टी विधान र देशको संबिधान विपरित गरिएको अराजनीतिक र गैर सबैधानिक निर्णय खारेज गर्नुहोस् ।
पार्टी निर्माणमा आफूले भन्दा बढी योगदान गरेका विद्या भण्डारीलाई अपमानित गर्ने, घरभित्र रहेकाहरुलाई बाहिर निस्की भनेर फरमान जारी गर्ने अनि बाहिर रहेकालाई घर फर्किनुहोस् भनेर अपिल गर्ने । यो अलि मिल्दैन कि ?
आशा गरौं, सचिवालय बैठक अघि जारी गरिएको यो सन्देशलाई सार्थक बनाउन सचिवालय बैठकले पार्टीको बवधान र देशको संबवधान विपरित गरिएको एकतर्फी निर्णय खारेज गर्नेछ । (सामाजिक सञ्जाल फेसबुकबाट साभार)

