विराटनगर । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य वासिम आलमले पार्टीको केन्द्रीय कमिटी बैठकमा पूर्ववर्ती नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकीकरणसम्बन्धी दस्तावेजमा हस्ताक्षर गर्ने नेताहरूको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्। उनलेहिजाे आफुले हस्ताक्षर गर्दा १७ हजारको ‘टिका’ काे कुरा नआएकाे अहिले कहाँ बाट आयाे भन्दै एसका सम्मानित नेता माथि खनिएका छन् ।
पहिला नेकपा बनाउदा माओवादीसँग मिल्न जाँदा गरिएको सो एकीकरणको औचित्यमाथि सवाल खडा गर्दै नेतृत्वलाई जवाफदेही बनाउन आग्रह गरे।
आलमले अध्यक्ष माधव कुमार नेपालकाे प्रतिवेदनप्रति पूर्ण समर्थन समेत गरेका छन् ।खनालले भने माओवादीसँग एकीकरण गर्दा १७ हजार मारेकाे टीका लगाउनु पर्ने भन्दै एकिकरणकाे विपक्षमा छन् ।
आलमले भने एकीकरणको दस्तावेजमा पहिलो हस्ताक्षरकर्ता केपी ओली र दोस्रो झलनाथ खनाल रहेको उल्लेख गर्दै तेस्रो माधव नेपाल, चौथो वामदेव गौतम र पाँचौँमा ईश्वर पोखरेल रहेको बताए। माओवादीतर्फबाट पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल हस्ताक्षरकर्ता रहेको उनको भनाइ थियो। उनले झलनाथ खनाललाई लक्षित गर्दै भने, “त्यतिखेर हामीलाई १७ हजारको टिका लाउनेमा दोस्रो व्यक्ति त तपाईँ नै हुनुहुँदो रहेछ नि कमरेड, यसको जवाफ दिनुहुन्छ कि दिनुहुन्न?”
पार्टी एकताको कुनै विकल्प नभएकोमा जोड दिँदै आलमले माधव नेपाललाई मात्र सबै कुराको जिम्मेवार ठहर्याउनु गलत भएको तर्क गरे। उनले पद बाँडफाँडमा महिनौँ दिनसम्म आफ्ना पद नपाएर बैठक गर्ने नेताहरूले सो जिम्मेवारी पनि आ-आफूले लिनुपर्ने बताए।
हालै सम्पन्न इलाम उपनिर्वाचनको प्रसंग उठाउँदै आलमले पार्टीका उम्मेदवार खिमबहादुर लिम्बूले ४०८ मत प्राप्त गरेको स्मरण गराए। उनले एकजना सम्मानित नेताको आफ्नै वडाबाट जम्मा ८-१० मत मात्र आएको भन्दै प्रश्न गरे। “सम्मानित नेता एक दिनको लागि जानुभयो, बिहान विराटनगरबाट जानुभयो, बेलुका फर्केर काठमाडौँ आउनुभयो। के त्यतिखेर उहाँ इलाम बस्नु पर्दैनथ्यो र? उहाँ बस्दा त पक्कै पनि दुई-चार सय मत बढी पर्थ्यो,” भन्दै उनले चुनावी नतिजाको जिम्मेवारीका लागि नेतृत्वलाई चुनौती दिए।
आलमले अरूलाई आरोप लगाउन सजिलो भएको तर ती प्रश्नहरूको उत्तर दिनुपर्ने आवश्यकता रहेकोमा जोड दिएका छन् ।


 
						 
															 
															 
															 
															 
															 
															