लोड हुँदैछ...

मेनु

बिहीबार राति मेची रामार्गको इलाम खण्डमा यातायात सञ्चालन गर्न रोक

बिहीबार राति मेची रामार्गको इलाम खण्डमा यातायात सञ्चालन गर्न रोक

विराटनगर । भारी वर्षाको प्रक्षेपण भएकोले मेची राजमार्गको इलाम खण्डमा ११ घण्टाका लागि सवारी र ढुवानीका साधन सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय इलामले सार्वजनिक सूचना जारी गर्दै बिहीबार साँझ ७ देखि शुक्रबार बिहान ६ बजेसम्म सवारी र ढुवानीका साधन सञ्चालनमा रोक लगाएको हो ।

मध्य दसैंको भारी वर्षापछि आएको पहिरोका कारण मेची राजमार्गको इलाम खण्डका विभिन्न स्थान जोखिमयुक्त रहेकाले तोकिएको अवधिमा सवारी आवागमनमा रोक लगाइएको इलाम प्रशासनले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग र विपद जोखिम न्यूनीकरण प्राधिधिकरणले समेत पश्चिम बंगालमा विकसित चक्रवत मोन्थाका कारण नेपालमा पनि मौसम प्रभावित हुने देखिएकाले अत्याधिक वर्षाका कारण राजमार्गमा हुनसक्ने दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमन बन्द गराइएको सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंद्वारा जारी सूचनामा भनिएको छ ।

असोज १८ र १९ गते भएको भारी वर्षापछि गएको पहिरोका कारण मेची राजमार्गको इलाम खण्डअन्तर्गत राजदुवाली खण्ड १४ दिनसम्म अवरुद्ध भएको थियो । सुर्योदय, देउमाइ र इलाम नगरपालिकाका विभिन्न स्थानमा दर्जनौं पहिरो गएका थिए ।

असोजको बाढी र पहिरोबाट इलाममा मात्र ३९ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।