लोड हुँदैछ...

मेनु

सोलुखुम्बुमा अचेत भएका डेनिस नागरिकको हेलिकप्टरबाट उद्धार

सोलुखुम्बुमा अचेत भएका डेनिस नागरिकको हेलिकप्टरबाट उद्धार

विराटनगर । पर्यटकीय जिल्ला सोलुखुम्बु घुम्न पुगेका डेनमार्कका एक नागरिकलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

सोलुखम्बु भ्रमणको क्रममा अस्वस्थ भई अचेत भएका डेनमार्कका नागरिकलाई हेलिकप्टरमार्फत उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।

सोलुखुम्बुको नाम्चे बजारस्थित सामुदायिक अस्पतालबाट सोमबार पर्यटकलाई हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि काठमाडौं पठाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।