झापामा खोलामा डुबेर तीन बालिकाको मृत्यु

विराटनगर । झापाको गौरदह नगरपालिका –९, खजुरबारीमा आज दिउँसो माछा मार्न गएका तीन जना बालिकाहरूको कृष्ण खोलामा जमेको पानीमा डुबेर मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय अन्जु मगरकी ९ वर्षीया छोरी स्विकृती मगर र ७ वर्षीया छोरी सुस्मा मगर तथा रोमन ९मोते० परियारकी ११ वर्षीया छोरी रोश्नी परियार रहेका छन्।आज दिउँसो करिब १ं स् १० बजे तिर चार जना बालिकाहरू संगै माछा मार्न गएको झापा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुमध्ये तीन जना पानीमा डुबेको देखेपछि संगै गएकी १० वर्षीया युनिसा राईले तत्कालै दौडेर अभिभावकहरुलाई खबर गरेकी थिइन्।युनिसाको खबर पाएलगत्तै अभिभावक र स्थानीयबासी घटनास्थलमा पुगी तीनै जनालाई पानीबाट बाहिर निकालेका थिए। तर, उनीहरुको घटनास्थलमै मृत्यु भइसकेको थियो।

बैगुनधुरास्थित अस्थायी प्रहरी चौकीमा घटनाको जानकारी गराएका थिए। घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, झिलझिलेबाट प्रहरी निरीक्षकको कमाण्डमा अर्को टोली पनि घटनास्थलमा परिचालित भएको छ। प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य गरिरहेको जनाएको छ।

एउटै गाउँका तीन बालिकाहरूको एकैसाथ मृत्यु भएपछि खजुरबारी गाउँ शोकमा डुबेको छ।

अशोज ३०, २०८२, दिउँसोको ०४:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर