विराटनगर । धनकुटाको निगालेमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
विराटनगरबाट धनकुटाको जीतपुरका लागि छुटेको प्रदेश १–०२००१ ख ९६०६ नम्बरको बस बुधबार दिउँसो निगालेमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार ७ जना घाइते भएका छन् । घाइतेहरूको धनकुटा अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाको कारण खुलेको छैन ।
