लोड हुँदैछ...

मेनु

धनकुटामा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

धनकुटामा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । धनकुटाको धनकुटा नगरपालिका–९, पाँचगोलाईस्थित कोशी लोकमार्गमा आइतबार राति भएको मिनि ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चालक सामान्य घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार गएराति करिब २ बजेको समयमा धनकुटाबाट धरानतर्फ तरकारी बोकेर आउँदै गरेको प्र(३(०१(००३ क ६९०६ नम्बरको मिनि ट्रक अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो।

दुर्घटनामा परी ट्रकका सह–चालक, उदयपुर रानीटार घर भएका करिब १८÷१९ वर्षीय दिनेश क्षेत्री गम्भीर घाइते भएका थिए । उनलाई प्रहरी प्रहरी चौकी मुलघाटबाट खटिएको टोली र सशस्त्र प्रहरी बल नेपालसहितको टोलीले उद्धार गरी जिल्ला अस्पताल धनकुटा पुर्‍याएको थियो। बिहान ५ बजे चिकित्सकले चेकजाँच गर्दा क्षेत्रीलाई मृत घोषणा गरेका थिए । उनको शव हाल जिल्ला अस्पताल धनकुटाको शवगृहमा राखिएको छ।

ट्रक चालक, उदयपुरगढी गाउँपालिका(९, कुर्कुनटार बस्ने २६ वर्षीय नारायण खड्का सामान्य घाइते भएका छन्

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।