विराटनगर । धनकुटाको धनकुटा नगरपालिका–९, पाँचगोलाईस्थित कोशी लोकमार्गमा आइतबार राति भएको मिनि ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चालक सामान्य घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार गएराति करिब २ बजेको समयमा धनकुटाबाट धरानतर्फ तरकारी बोकेर आउँदै गरेको प्र(३(०१(००३ क ६९०६ नम्बरको मिनि ट्रक अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो।
दुर्घटनामा परी ट्रकका सह–चालक, उदयपुर रानीटार घर भएका करिब १८÷१९ वर्षीय दिनेश क्षेत्री गम्भीर घाइते भएका थिए । उनलाई प्रहरी प्रहरी चौकी मुलघाटबाट खटिएको टोली र सशस्त्र प्रहरी बल नेपालसहितको टोलीले उद्धार गरी जिल्ला अस्पताल धनकुटा पुर्याएको थियो। बिहान ५ बजे चिकित्सकले चेकजाँच गर्दा क्षेत्रीलाई मृत घोषणा गरेका थिए । उनको शव हाल जिल्ला अस्पताल धनकुटाको शवगृहमा राखिएको छ।
ट्रक चालक, उदयपुरगढी गाउँपालिका(९, कुर्कुनटार बस्ने २६ वर्षीय नारायण खड्का सामान्य घाइते भएका छन्