विराटनगर । बिपी राजमार्ग ३ दिनका लागि बन्द गरिएको छ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यालयले शनिबार जारी गरेको सूचना अनुसार बिपी राजमार्गको भकुण्डेबेसी–सिन्धुली सडक खण्डमा निजी तथा यात्रुबाहक सवारीसाधनलाई चल्न निषेध गरिएको हो।
पहिरो र बाढीको जोखिमका कारण शनिबार बिहान ९ बजेदेखि आगामी २० गतेसम्म उक्त सडक खण्डमा सवारी साधन चल्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ ।