ओली र लेखकसहित पाँच जनाको पासपोर्ट रोक्का गर्न सिफारिस, उपत्यका बाहिर जान रोक

विराटनगर । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको राहदानी रोक्का गर्न जेनजी आन्दोलन दमनबारे जाँचबुझ गर्न आयोगले सिफारिस गरेको छ ।

पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्व गृहसचिव गोकर्णमणी दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका पूर्व सीडीओ छवि रिजालको पासपोर्ट रोक्का गर्न आयोगले सिफारिस गरेको हो ।

गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले पाँच जनालाई काठमाडौं उपत्यका नछाड्ने व्यवस्था मिलाउन सरकारलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

अशोज १२, २०८२, साँझको ०६:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर