आज माओवादी केन्द्रको पदाधिकारी बैठक

विराटनगर । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ। आज दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरि बैठक आह्वान भएको माओवादी केन्द्रका सचिव लीलामणि पोख्रेलले जानकारी दिए।

भदौ २३ र २४ गते जेनजीको विद्रोहको कारण केपी ओली नेतृत्वको गठबन्धन सरकार ढलेको थियो । सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ ।

अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेको छ । बैठकमा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

अशोज ५, २०८२, बिहानको ०८:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर