काठमाडौं । सरकारले जेनजी आन्दोलनको छानबिन गर्न आयोग गठन गर्ने निर्णय गरेको छ ।न्यायिक जाँचबुझ आयोग गठन गर्ने आज बसेको मन्त्रीपरिष्दले निर्णय गरेको हो ।
यही भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे छानबिन गर्न सरकारले न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्मानमा आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ ।यस्तै सरकारले जेनजी स्मारक पार्क बनाउने भएको छ । जेनजी स्मारक पार्क कहाँ बनाउने भन्ने स्थान पछि तय गरिने गृहमन्त्री अर्यालले जानकारी दिए ।
सरकारले जेनजी आन्दोलनमा शहिद भएका परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ । यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएको थियो । मन्त्रीपरिषद वैठकले थप ५ लाख रुपैया दिने निर्णय गरेको हो ।