विराटनगरको बाल सुधारगृहबाट २ सयभन्दा बढी बाल बिज्याइँकर्ता फरार, ६० जना नियन्त्रणमा

विराटनगर । विराटनगर महानगरपालिका–३ मा रहेको बाल सुधारगृहबाट बुधबार बिहान २ सयभन्दा बढी बाल बिज्याइँकर्ताहरू फरार भएका छन् । गृहमा रहेका कूल २ सय ५५ जनामध्ये करिब ५० जना मात्र भित्र बसेको र बाँकी फरार भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार, बाल बिज्याइँकर्ताहरूले गृहको मुख्य गेटको चाबी फुटाएर सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई लछारछपार पार्दै भागेका थिए । सुधारगृहको सुरक्षाका लागि २० जनाभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

घटनालगत्तै फरार भएकाहरूलाई नियन्त्रणमा लिनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । हालसम्म फरार भएकामध्ये करिब ६० जनालाई नियन्त्रणमा लिइसकिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएकाहरूलाई पुनः सुधारगृहभित्र लगिएको छ । फरार भएका बाल बिज्याइँकर्ताहरूलाई स्थानीय बासिन्दाले पनि नियन्त्रणमा लिएर सुरक्षाकर्मीको जिम्मा लगाइरहेका छन् ।

भदौ २५, २०८२, दिउँसोको १२:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर