बन्द हुन थाले फेसबुकसहितका सामाजिक सञ्जाल

विराटनगर । नेपालमा फेसबुकसहितका सामाजिक सञ्जाल प्ल्याटफर्म बन्द हुन थालेका छन् । सरकारको निर्देशनअनुसार दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पार्न थालेका हुन् ।

नेपाल दूरसञ्चार प्राधिकरणको पत्रपछि नेपाल टेलिकम र एनसेलले दर्ता नभएका सामाजिक सञ्जाल देशभर निष्क्रिय पारिएको जनाएका छन् ।

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले केहीबेरअघिबाट फेसबुक बन्द गरिएको जनाएको छ भने एनटीसी र वर्ल्डलिंकको आईपी एड्रेसबाट फेसबुक चल्न छाडेको छ ।

सरकारले नेपालमा दर्ता नभएका २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरे पनि भाइबर, टीकटक, वी टकलगायत प्लेटफर्म भने निरन्तर सञ्चालन हुने छन् ।

यी सामाजिक सञ्जाल नेपालमा दर्ता भइसकेकाले उनीहरूलाई सञ्चालन हुन दिइने भएको हो ।

भदौ २०, २०८२, बिहानको ०९:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर