आज विराटनगर महानगरमा सार्वजनिक विदा

विराटनगर । विराटनगर महानगरपालिकाले मोहम्मद डेका अवसरमा आज शुक्रबार सार्वजनिक विदा दिएको छ ।

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सव अर्थात मोहम्मद डेका अवसरमा महानगर क्षेत्रभित्र सार्वजनिक विदा दिने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलले जानकारी दिए ।

ढुङ्गेलका अनुसार अत्यावश्यक सेवा बाहेक महानगरअन्तर्गतका सम्पूर्ण कार्यालय बन्द रहनेछन् ।

भदौ २०, २०८२, बिहानको ०९:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर