ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा पत्नीको मृत्यु, पति घाइते

विराटनगर । दमक नगरपालिका–७ पशुडाँडामा आज बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा पत्नीको मृत्यु भएको छ भने पति घाइते भएका छन्।

झापा जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान करिब ८ बजे दमकबाट पाडाजुँगीतर्फ जाँदै गरेको बन्दाकोपी बोकेको ट्रक ९प्र१–०२–००२ ख ०९१२० ले विपरीत दिशाबाट आउँदै गरेको प्र१–०१–०१२ प ९३१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

दुर्घटनामा मोटरसाइकलमा पछाडि बसेकी कमल गाउँपालिका‚५ की ४२ वर्षीया मुना गौतमको घटनास्थलमै मृत्यु भएको हो भने मोटरसाइकल चालक उनका श्रीमान् ४३ वर्षीय सुकदेव गौतम सामान्य घाइते भएका छन्।

उनको बाँया खुट्टामा चोट लागेको र अहिले दमक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

ठक्कर दिने ट्रकका चालक तेह्रथुमको लालिगुँरास नगरपालिका–४ का २५ वर्षीय आङदावा शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भदौ ३, २०८२, बिहानको १०:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर