कपडा लोड गरेको ट्रकमा आगो लाग्दा ३६ लाखभन्दा बढीको क्षति

विराटनगर । झापामा कपडा लोड गरेको एउटा ट्रकमा आगो लाग्दा ३६ लाख भन्दा बढीको क्षति भएको छ।

गएराति दमक नगरपालिका ३ बेलडाँगी बस्ने महेन्द्र तामाङले आफ्नै घर अगाडी सडक छेउमा पार्किङ गरी राखेको रेडिमेट कपडा लोड भएको ट्रकमा आगो लागेको थियो । ना.७ ख ८६९१ नम्बरको मिनी ट्रकमा आगो लागेको हो। अचानक आगलागी हुँदा ट्रकमा रहेका सम्पूर्ण कपडा जलेर नस्ट भएको प्रहरीले जनाएको छ।

प्रहरी र स्थानीय बासीले दमक नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

आगलागीबाट ७÷८ जना ब्यापारीको सम्पूर्ण कपडा पूर्ण रुपमा जलेको छ। जसबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ। ट्रक आंशिक रुपमा जल्दा करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

साउन २७, २०८२, दिउँसोको ०३:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर