विराटनगर । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सांसदमै सभामुखकै अगाडी अनसन बस्ने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । पटक–पटक आफूले उठाएको विषयको माग सम्बोधन नभएको भन्दै उनले अनसन बस्ने चेतावनी दिएका हुन् ।

‘हुलाकी सडक कटहरीको खण्ड निर्माण हुन थालेको १० वर्ष नाघिसक्यो। आजसम्म बनेको छैन । जनताले सडकमा धान रोपाइँ गर्दैछन् । सरकारलाई रुलिङ हुनुपर्‍यो । एउटै कुरा मैले कतिचोटी उठाउनुपर्ने ? सभामुखबाट रुलिङ भएन भने म तपाईँको अघि अनसन बस्छु’ उनले भने ।