नेप्से घट्दा कारोबार रकम बढ्यो

विराटनगर । सोमबार नेप्से परिसूचक फराकिलो अंकले घटेर बन्द भएको छ । तीन दिनको गिरावटपछि गत बिहीबार बृद्धि भएर बन्द भएको नेप्से साताको पहिलो कारोबार दिन पुनः घटेको हो ।

सोमबार नेप्से परिसूचक २७.९० अंक घटेर २८२२.४६ विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ४.७४ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.१० अंक र सेन्सेटिभ इण्डेक्स १.७३ अंक घटेको छ ।

नेप्से सूचक घटेपनि यस दिन कारोबार रकम बढेको छ । बजारमा २५० कम्पनीको २ करोड ५० लाख ९२ हजार ४९० कित्ता शेयर १० अर्ब २१ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ८ अर्ब ५३ करोड ७५ लाख ८१ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

यस दिन रिभर फल्स पावरको शेयरमूल्य सर्वाधिक अर्थात सर्किट लेभलमा बढेको छ । त्यस्तै, यस दिन पञ्चकन्या माई हाइड्रोपावरको शेयरमूल्य ६.८७ प्रतिशतले बढेको छ भने कारोबारमा आएको उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ७.६४ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ५३ करोड ८८ लाख ६० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, यस दिन हिमालयन रिइन्स्योरेसको करिब ४२ करोड ८३ लाख रुपैयाँको शेयर किनबेच भएको छ भने नेपाल रि इन्स्योरेन्सको कारोबार ३६ करोड ६० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये २ वटा उपसमूहको परिसूचक बढेको छ भने ११ वटा उपसमूहको परिसूचक घटेको छ । म्युच्युअल फण्ड र अन्य समूहको सूचक सामान्य बढेको छ । सोमबारको बजारमा लघुवित्त उपसमूहको परिसूचक सबै भन्दा धेरै घटेको छ । यो समूहको परिसूचक २.३५ प्रतिशतले घटेको छ भने विकास बैंक समूह २.३१ प्रतिशतले घटेको हो ।

त्यसैगरी, फाइनान्स, हाईड्रोपवार, लगानी, निर्जीवन समूहको सूचक १ प्रतिशतभन्दा धेरैले घटेको छ । कारोबारपछि बजार पूँजीकरण ४७ खर्ब ११ अर्ब ८७ करोड रुपैयाँ कायम भएको छ ।

साउन २६, २०८२, साँझको ०६:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर