शेयर बजारमा सामान्य गिरावट

विराटनगर । बुधबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक सामान्य घटेको छ ।

आज नेप्से परिसूचक १.९४ अङ्कले घटेर २८३२.०६ को विन्दुमा कायम भएको हो ।

आज बजारमा २ करोड १६ लाख ५७ हजार ७०६ कित्ता शेयरको खरिदबिक्री हुँदा ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो कारोबारका दिन मङ्गलबार परिसूचक ४१.७८ अङ्कले घटेर २८३३।५७ को विन्दुमा बन्द भएको थियो ।

आजको कारोबारमा विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् ।

साउन २१, २०८२, साँझको ०५:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर