काबेलीबाट थप २१.९३ मेघावाट विद्युत उत्पादन

ताप्लेजुङ । ताप्लेजुङस्थित कावेली नदीबाट थप २१.९३ मेगावाट विद्युत् उत्पादन सुरु भएको छ ।

काबेली हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित काबेली–३ क्यास्केड जलविद्युत् आयोजनाले मंगलबारदेखि परीक्षण उत्पादन सुरु गरेको हो ।

सिरिजङ्गा गाउँपालिका ५, पेदाङ ६ खेवाङ र ७ मामाङखे प्रभावित क्षेत्रको रुपमा रहेको छ । २०७९ माघ ५ गते सुरु भई २०८२ साउन २० गते निर्माण सम्पन्न भई परीक्षण उत्पादन सुरु गरिएको आयोजनाका सूचना अधिकारी मेघनाथ ढुङ्गानाले जानकारी दिए ।

ढुङ्गानाका अनुसार यसको लागत चार अर्ब २८ करोड ५९ लाख रहेको छ। कम्पनीको २५ र एनएमबी बैंक लिमिटेडको नेतृत्वमा प्रभु बैक लिमिटेड तथा नबिल बैंक लिमिटेडबाट ७५ प्रतिशत ऋण लगानी रहेको ढुङ्गानाले जानकारी दिए । वडा नम्बर ७ खेवाङको ओथाममा इन्टेक, वडा नम्बर ५ पेदाङमा पावर हाउस रहेको यसको लम्बाई पाँच हजार एक सय ४० मिटर रहेको छ ।

उत्पादित विद्युत् पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका १, अमरपुरमा रहेको १३२ केभिए मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

साउन २१, २०८२, दिउँसोको १२:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर