सुनको मूल्यले बनायो नयाँ रेकर्ड

विराटनगर । नेपाली बजारमा एक तोला सुनको मूल्य दुई लाख नजिक पुगेको छ । मंगलबार १९ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य दुई लाख नजिक पुगेको हो ।

सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो । यसअघि, गएको वैशाख ९ गतेको उच्च मूल्यको रेकर्ड तोडिएको हो । त्यसदिन सुन प्रतितोला एक लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।मंगलबार सुनको मूल्य बढेर तोलाको १ लाख ९८ हजार ५०० सय कायम भएको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार एक तोला सुन १ लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यो काठमाडौंको मूल्य हो । काठमाडौं बाहिर सुनको मूल्य अझ धेरै हुन्छ । सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ । मंगलबार एक तोला चाँदीको मूल्य २ हजार २८० रुपैयाँ पुगेको छ । मंगलबार तोलामा २ हजार २५५ रुपैयाँ पुगेको थियो ।

साउन २०, २०८२, साँझको ०६:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर