लगातार तीन दिनको गिरवटपछि बढ्यो नेप्से

विराटनगर । लगातार तीन दिनको गिरवटपछि सोमबार नेप्से परिसूचक बढेको छ।

नेप्से ८.६२ अंकले बढेर २८६७.५२ विन्दुमा बन्द भएको छ। आइतवार कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।

आइतबार १३ अर्ब ०७ करोड रूपैयाँको कारोबार भएकोमा सोमबार १० अर्ब ८२ करोड रूपैयाँको कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा २ अर्ब २५ करोड रूपैयाँ कमी आएको हो।

आज ३२५ वटा धितोपत्रको दुई करोड ७१ लाख ६९ हजार ७५५ कित्ता सेयर किनबेच भएको हो।

सोमबार १२९ कम्पनीको सेयर मूल्य बढेको छ भने १२१ वटाको घटेको छ।

आजसगरमाथा जलविद्युतको मूल्य सर्वाधिक ४.३८ प्रतिशतले बढेको छ। कम्पनीको प्रतिकित्ता एक हजार ४५ रूपैयाँमा ५५ करोड ९६ लाख रूपैयाँको सेयर कारोबार भएको छ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६३९ रूपैयाँ ९० पैसामा ४३ करोड ६४ लाख बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सात समूहको परिसूचक बढेको छ भने ६ समूहको परिसूचक घटेको छ।

साउन १९, २०८२, दिउँसोको ०४:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर