विराटनगर । विराटनगर १० स्थित न्यूरो अस्पतालदेखि उत्तरमा रहेको साई बाबा ट्रेडर्सबाट ४० हजार रुपैयाँ बराबरको इन्जेक्सन चोरी भएको छ। आज दिउँसो पसलभित्रबाट प्यारासिटामोल नामक इन्जेक्सन चोरी भएको पसल संचालक महेश मण्डलले जानकारी दिए। पसलबाट चोरी भएको इन्जेक्सनको कार्टुन बोकेर लैजाने दृश्य सीसी टिभी क्यामेराको फुटेजमा स्पष्ट रूपमा देखिएको छ।
‘पसलभित्र छिरेपछि इन्जेक्सनको कार्टुन उठाएर लैजाने दृश्य सीसी टिभी फुटेजमा स्पष्ट रूपमा रेकर्ड भएको छ,’ संचालक मण्डलले भने।
सीसी टिभी फुटेजमा घटना स्पष्ट रूपमा देखिए पनि चोरी गर्ने व्यक्तिको पहिचान भने खुलेको छैन। चोरीको घटनाबारे मोरङ प्रहरीलाई पनि जानकारी गराएको संचालक मण्डलले बताए। प्रहरीले घटनाको अनुसन्धान शुरू गरेको छ।