चार वर्षयताकै उच्च विन्दुमा शेयर बजार

विराटनगर । अघिल्लो दिनको तुलनामा ३०.७६ अंकको बृद्धिसँगै मंगलबार सेयर बजार करिब चार वर्षकै उच्चतम विन्दुमा पुगेको छ ।

वृद्धिसँगै नेप्से ३००२.०७ अंकमा पुगेको छ । कारोबारका क्रममा दिउँसो १२ः१६ बजे नेप्से ३०२८ अंकसम्म पुगेको थियो ।

बजार बन्द हुँदा नेप्सेको यो अंक २०७८ भदौ १३ यताकै उच्च हो । सो वर्ष भदौ २ गते हालसम्मकै उच्च ३१९८ अंकको रेकर्ड बनाएपछि नेप्से ओरालो लागेको थियो ।

नेप्सेले एक वर्षअघिको उच्च विन्दु पार गरेको हो । २०८१ साउन ३१ मा नेप्से ३०००।८१ विन्दुमा पुगेको थियो ।

मंगलबार सेन्सेटिभ इण्डेक्स ३.६६ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.९७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१२ अंक बढेको छ ।

नेप्से परिसूचक चार वर्षयताकै उच्च बिन्दु रहेर बजार बन्द हुँदा सेयर बजारको आकार पहिलो पटक ५० खर्ब रूपैयाँ पुगेको छ । बजार लगातार बढ्न थालेसँगै सेयर बजारको आकार (बजार पुँजीकरण) ले नयाँ रेकर्ड बनाएको हो । बजार पुँजीकरणलाई सेयर बजारमा रहेको लगानीकर्ताहरूको सम्पत्ति समेत भनेर बुझिन्छ ।

कारोबार रकम यस दिन १८ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ । यस दिन ३२१ स्टकको १ लाख ५७ हजार ५२५ पटकको कारोबारमा १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार रुपैयाँबराबरको ४ करोड १८ लाख ८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर, सान्भि इनर्जी र नाडेप लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, यस दिन नेपाल वेयरहाउजिङ्ग कम्पनीको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने माइ खोला हाइड्रोपावर र ग्रीन भेन्चर्सको शेयरमूल्य ७ प्रतिशतभन्दा धेरै बढेको छ। कारोबारमा आएको समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ८.६० प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६४ करोड ४१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, यस दिन ग्रीन भेन्चर्सको करिब ६४ करोडको शेयर किनबेच भएको छ। भने नेपाल पुनर्बीमा कम्पनीको करिब ५७ करोडको शेयर खरिदबिक्री भएको छ ।

बजारका १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक २।५८ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन बैंकिङ्ग, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन विकास बैंक, वित्त उपसमूह र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको हो ।

साउन १३, २०८२, दिउँसोको ०३:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर