विराटनगर । रसुवाको गोसाँईकुण्डमा नुहाउने क्रममा डुबेर विराटनगर र बेलबारीका दुई जना युवाको मृत्यु भएको छ ।
गोसाँईकुण्ड नुहाउने क्रममा विराटनगर–३ का सुजन ढकाल र बेलबारी–११ का मनोज न्यौपानेको डुबेर मृत्यु भएको पुष्टि भएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
उनीहरु आइतबार नुहाउने क्रममा डुबेका थिए । त्यसपछि प्रहरीले खोजतलासपछि सोमबार शव फेला पारेको हो । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार अहिले घटनास्थल वस्तुस्थिति मुचुल्का तयार पार्ने काम भईरहेको छ ।
उनीहरुको शवलाई गोसाँईकुण्ड गाउँपालिका–५ मा बाट धुन्चे ल्याएपछि मृतकका परिवारसँग सम्पर्क गरेर बुझाउने प्रहरीले जनाएको छ । मृतक ढकाल र न्यौपानेसहित १३ जना युवाहरु गोसाइकुण्ड पुगेका थिए । उनीहरु डुबेपछि बाँकी साथीहरु त्यहिं रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।