विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को इटहरी उप–महानगरपालिकाको नगर अधिवेशनको काम तत्कालका लागि स्थगित गर्न आदेश दिएको छ । रास्वपाको केन्द्रीय अनुशासन आयोगले गत असार ८ गते इटहरीका पार्टी सभापति विष्णुबहादुर बस्नेतलाई पदबाट निलम्बन गर्ने निर्णय गरेको थियो ।

सो निर्णयको विरुद्धमा बस्नेतले उच्च अदालतमा रिड निवेदन दर्ता गराएका थिए । सो रिडको बुधबार सुनुवाई गर्दै न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको एकल इजलासले बुधबार आगामी १० गते हुने भनिएको रास्वपाको इटहरी उपमहानगरपालिकाको नगर अधिवेशन सम्बन्धी कार्य नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको हो ।

यस्तै बस्नेतको निवेदनमा माग गरेको अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा दुवै पषको उपस्थितिमा छलफल गरी निष्कर्षमा पुग्नुपर्ने देखिएको भन्दै दुवै पक्षलाई छलफलको लागि साउन १२ गते पेशी तोक्न आदेश पनि दिएको छ ।