शेयर बजारमा २१ अर्बभन्दा बढीको कारोबार

विराटनगर । आइतबार शेयर बजारमा झिनो अंकले बढेको छ । नेप्से परिसूचक ०.३२ अंकले बढेर २,८७०.९५ विन्दुमा बन्द भएको छ ।

कारोबार रकम भने झन्डै पाँच अर्बले बढेर २१ अर्ब ४६ करोड ४९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । गत बिहीबार १६ अर्ब ५९ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

आज एक लाख ७८ हजार १७६ पटकमा पाँच करोड १६ लाख ५८ हजार ३८५ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमा १०५ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, १४४ कम्पनीको सेयरमूल्य घटेको छ । पाँच कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबारमा आएका १३ मध्ये पाँच समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

साउन ४, २०८२, साँझको ०५:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर