धरान । वाइसीएल नेपाल कोशी प्रदेश समितिले श्रम अभियान सुरु गरेको छ । वाइसिएल सुनसरीको सहकार्य र वाइसीएल धरान उपमहानगर समिति व्यवस्थापनमा धरानस्थित कालिखोला सामुदायिक वनमा वृक्षारोपण र सरसफाइ गरि अभियानको उदघाटन गरिएको हो ।

प्रदेशको १४ जिल्लामध्ये १० जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, तेह्रथुम, खोटाङ, सोलुखुम्बु र उदयपुरमा विभिन्न कार्यक्रम गरि यो अभियान सुरु भएको वाइसिएल कोशीका अध्यक्ष विक्रम लिम्बूले जानकारी वाइसीएल इलामको आयोजनमा माइ नगरपालिका २–४ मा अवस्थित नमुना सामुदायिक वन उपभोक्ता समितिमा सरसफाइ, वक्षारोपण, बेसार रोपन गरिएको छ ।
माओवादी केन्द्र निकट वाईसीएलले आजदेखि देशभर ‘श्रम तथा उत्पादनमा वाईसीएल’ अभियान सुरु गरेको हो । ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वृक्षारोपण, इँटालगाउने, नाली सफा गर्ने, चौरको घाँस काटेर अभियानको उद्घाटन गरेका हुन् ।गत असार १७ र १८ गते बसेको वाईसीएलको पदाधिकारी बैठकले साउन र भदौमा दुई महिने श्रम अभियान चलाउने निर्णय गरेको थियो ।