विराटनगर । गत शनिबार मोरङको बूढीगंगामा सडेको अवस्थामा फेला परेको एक युवतीको नग्न अवस्थाको शवको अझै पहिचान खुलेको छैन ।अन्दाजी १९ — २० बर्ष उमेरको देखिने युवतीको पहिचान गर्न नसकिएको मोरङ प्रहरीले जनाएको छ । बूढीगंगा गाउँपालिका–६ कोयलपुरस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर नजिकको घारीमा शनिबार अपरान्ह सडेर दुर्गन्धित भएको नग्न अवस्थामा युवतीको शव फेला परेको थियो ।
शरीरको माथिल्लो भागको भित्री कपडा मात्रै लगाएको अवस्थामा शव फेला परेको थियो । घटनास्थलमा मृतकले लगाएका कपडा, चप्पल, माला र कपाल च्याप्ने चिम्टाहरु फेला परेका थिए ।मोरङ प्रहरीले विभिन्न कोणबाट अनुसन्धानलाई अगाडि बढाएको भएपनि शवको पहिचान नखुल्दा समस्या भएको छ । युवतीको अनुहारलगायत शरीरका विभिन्न भागमा किरा परेर कुहिएको अवस्थामा फेला परेको थियो ।
सिमा नाकादेखी पुर्वका सबै मातहतका प्रहरी कार्यालयहरुमा फोटो र युवतीले लगाएको पोसाकको आधारमा खोजतलास गर्न लगाएको मोरङ प्रहरीले जनाएको छ । शवको पोस्टमार्टम विराटनगरको कोशी अस्पतालमा गरिएको छ । तर, रिर्पोट भने आईसकेको छैन ।प्रहरीले भने युवतीको डिएनए प्रोफाईलिङ गरेर राखेको छ । घटनास्थल र शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरेको आशंका गरिएको छ । तर, पोष्टमार्टमको रिर्पोट र युवतीको पहिचान नखुलेसम्म पुष्टि गर्ने आधार नभएको प्रहरीले जनाएको छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।