कोशी प्रदेश सरकारका केही मन्त्रीहरु विवादमा मुछिएका छन् । पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल र उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङ्गाम विवादको केन्द्रमा छन् । मन्त्री मण्डलको सचिवालयले मातहतका कार्यलय प्रमुखहरुलाई रकम माग्दै क्यूआर कोड पठाएको संगीन आरोप लागेको छ भने मन्त्री हाङ्गामले मुख्यमन्त्री हिक्मतकुमार कार्की र दलका नेता उद्धब थापालाई चुनौति दिएको सार्वजनिक भएको छ । दुवै मन्त्रीका यस्ता गतिविधिले मुख्यमन्त्री कार्की तनाबमा रहेको र मन्त्री फेर्न काँग्रेसलाई आग्रह गरेको बताइन्छ । गठबन्धन दल काँग्रेस दलका नेता उद्धब थापा चाहिँ यसबारे के सोचिरहेका छन् ? यहि विषयमा थापासँग गरिएको संक्षिप्त कुराकानीः
सरकारका मन्त्रीहरु फेर्ने तयारी भइहरकेो हो ?
– अहिले त्यस्तो तयारीमा छैनौँ । सरकार गठन भएको दुई–अढाई महिना पछाडि मात्रै हामी सरकारमा सहभागी भएको हो । १२–१३ महिना चाहिँ सरकारमा बस्नुपर्छ, पाउनुपर्छ भन्ने शर्तमा हामीले मन्त्रीहरुलाई पठाएका हौं । त्यसैले १२–१३ महिना पुगेपछि हामी सोच्नेछौं । एमालेको चाहिँ त्यस्तो तयारी हो कि भन्ने देख्छु । उहाँहरूको त अब वर्ष दिन कटिसक्यो । एक वर्ष चाहिँ काटौँ । अनि त्यसपछि के हुन्छ.. ।
काँग्रेसका एक मन्त्री मुख्यमन्त्री र दल नेताले आफूलाई हटाउन सक्दैनन् भन्ने, अर्का मन्त्रीले क्युआर कोड पठाएर पैसा मागेको कुरा आएको छ । यसबारे के हो ?
– त्यसैको लागि (बोल्न पाउनकै लागि) त हामीले यत्रो संघर्ष गरेर, रगत पसिना बगाएर यो ल्याएको प्रजातन्त्र हो । हैन र ? आफ्नो स्वतन्त्रताको अभिव्यक्ति दिन पाए नि त । के भयो र हैन ? ।
होइन, मुख्यमन्त्रीको कमान्ड, दलको कमान्डमा सांसद र मन्त्री बसेनन् भने के हुन्छ त ?
– उसलाई लाग्यो भने नि । तैँले यसो किन बोलिस्, किन भनिस् भन्दै हामीले जाने कुरो पनि भएन । आधिकारिक रूपले भनेको पनि छैन । दलकै मिटिङमा आएर भनेको भए एउटा कुरो हो । त्यसरी भनेको पनि छैन । अनि तैँले यसो भनिस् भनेर खोज्दै जाने कुरो पनि भएन ।
मुख्यमन्त्रीले कृषिमन्त्री हटाउनु पर्यो भनेर तपाईंलाई प्रस्ताव गर्नुभएको रहेछ नि ?
– त्यो होइन । केही कुरा भएको हो । हटाउने कुरा भएको होइन । अहिले भर्खरै पनि मैले उहाँहरु (मन्त्रीहरु)सँग कुराकानी भइराखेको छ ।
मुख्यमन्त्रीलाई अलि प्रेसर भयो जस्तो देखिन्छ । मुख्यमन्त्रीले भनेको पनि टेर्दिन भनेपछि त उहाँलाई अप्ठ्यारो परेन ?
– मैले बोलाएर सोध्दा त्यस्तो कुरो कहाँ हो र ? म मुख्यमन्त्रीलाई म मान्दिनँ भनेर भनेकै छैन । मलाई मुख्यमन्त्रीले मलाई आदेश के गर्नुहुन्छ त्यो कुरो मैले मानिनँ भने मलाई कारबाही गरे हुन्छ भनेर भन्नुभयो । मन्त्रीले त्यसो भनिराखेको अवस्था छ ।
चिया सम्मेलन गर्ने भनेर मुख्यमन्त्रीले भनेपनि मन्त्रीज्यूले गनुर्् भएन अरे नि त ?
– चिया सम्मेलनको कुरा अर्कै कुरा छ । यसमा त कर्मचारीको इस्यु छ । कर्मचारीले उसलाई साथ नदिएको । त्यो चिया सम्मेलनको खर्च फस्र्यौट गर्न सकेनौं भने अप्ठ्यारो लाग्छ भनेपछि मन्त्री डराएको अवस्था हो ।
मन्त्रीज्यूले त अलि बढी मुख्यमन्त्रीबाटै प्रेसर पनि आयो । फलानालाई नि दिनुप¥यो भन्ने हिसाबले भन्नुभयो र नि ?
– त्यो पनि होला । त्यस्तो भनेको त मलाई जानकारी छैन । तर, मलाई मलाई खुदै मन्त्रीले भनेको चाहिँ के हो भने अब कर्मचारीले यसो भन्छ अनि म जाने मलाई तपाईं पनि अप्ठ्यारोमा परोस् भनेर भन्नुहुन्छ ? मलाई अप्ठ्यारो लाग्ने काम तपाईंले दलको नेताले मलाई गराउने ? भन्नुहुन्छ । मैले पनि सोचेँ कुरो हो । फेरि हामीले सल्लाह ग¥यौं, ठिकै छ । यसपालि नगरौँ । मुख्यमन्त्रीले पनि यसपालि चिया सम्मेलन नगरौं भनेपछि नगरेको हो ।
मुख्यमन्त्री त त्यसमा नै रिसाउनु भएको थाहा भयो नि । अहिले चिया सम्मेलन गर्ने भनेको बजेट नै अर्थमा हाल्दिनुभयो नि ?
– हैन, त्यो सल्लाहले हालेको हो । बिचरा । अर्थ विविधमा राखेको छ ।
अर्थविविधमा होइन । छुट्टै शीर्षकमा छ चिया सम्मेलन गर्ने भनेर ?
– अर्थ विविधमा राख्ने भने त थियो । जहाँ राखेको भएपनि ठिकै छ । त्यो पनि सल्लाहले राखेको हो ।
बजेट पनि विचित्रै भयो नि होइन ?
हाम्रो कोशीमा त के भयो र ? बल्ल अस्तिको दिन कर्णालीले पास गर्यो । अरु प्रदेश त हेर्नुस् त । अहिलेसम्म बजेट ल्याउन सकेको छैन ।
अरु प्रदेशमा सत्तापक्षकै धेरै रिसाए । यहाँ तपाईंहरू अलि चुप लागिदिनुभयो भन्ने छ नि ?
– म त अलि सीधा मान्छे पनि हो । म त झगडा नगर्ने मान्छे हो ।
पर्यटन मन्त्रीको चाहिँ के हो त काण्ड ? यो विषयमा तपाईहरुको दलमा पनि छलफल भएको थियो ?
– छलफल भइराखेको छ । मैले नभनेको, बाहिर किन नल्याएको भनेदेखि नि, फ्याक्ट कुरो नआइ मैले बोल्नुहुन्न क्या ! तपाईंहरूले जति नै मलाई सोधे पनि म त एउटा जिम्मेवार ठाउँमा छु । मैले जिम्मेवारीको कुरालाई मैले चाहिँ अनाधिकारिक रूपले बाहिर बोल्नु पनि हुँदैन । मेरो मन्त्री भनेर गल्ती गर्छ भने मैले बचाउने पनि कुरो हुँदैन । फ्याक्ट के हो हामी बुझ्दै छौं । मन्त्रीलाई बोलाएर मैले सोध्ने कुरा भइराखेको छ । त्यो क्युआर मागेको हो भने प्रमाण त दिनु पर्यो नि त ।
समस्या त देखियो नि । अहिले पनि नियुक्ति लिएको स्वकीय नभएर खेताला स्वकीय लिएर मन्त्रीज्यू हिँडिरहनुभएको छ ?
– त्यो त हटाएँ भन्दै हुनुहुन्थ्यो ।
डायरी बोकेर उही मानिस मन्त्रीसँग हिँडेको देखिन्छ । कागजपत्र बोकेर कर्मचारीलाई सही गराउँदै उनी नै छन् त ?
– अहिले पर्यटन वन तथा वातावरण मन्त्री पनि मसँगै थिए । हामी धेरै साथीहरू थियौँ । क्युआर पठाएको पनि कुरा आएको छ के हो भनेर छलफल पनि भयो । घटनाको पुष्टि हुन्छ होला नि त । गल्ती गर्छ भने कारबाही हुनुपर्छ नि ।
मुख्यमन्त्रीले पनि र तपाईंहरूले पनि केही नबोल्दा संरक्षण हो कि भन्ने प्रश्न उठेको छ नि ?
– बोल्ने कुरै छैन नि । हामीले आफ्नो दलको तर्फबाट गर्ने कुरो गरिराखेको छौँ । अहिले पनि एकछिन अगाडि त्यही विषयमा दुइटै मन्त्रीसँग कुरा भयो । तर, अब हामीले अहिले झट्टै बोल्ने कुरो पनि होइन । तपाईंहरूले जिज्ञासा राख्नुहुन्छ । तपाईंहरूको जिज्ञासा राख्ने बित्तिकै ठ्याक्कै हामीले भन्ने कुरा पनि आउँदैन । हामीले त निर्णय दिने हो । मैले बोल्दा त निर्णय नै हो । त्यसले गर्दा हामीले यो घटनालाई इजी लिएको छैनौँ । तपाईंहरूले त्यस्तो सोच्नुभयो होला । तर, त्यति इजी लिएको छैन ।
अनि पर्यटन मन्त्रीज्यूले चाहिँ छलफलमा के भन्नुभयो ?
– उहाँले मेरो दोष छैन, म पुष्टि गर्छु भन्नु भएको छ । समय त उहाँलाई पनि दिनु प¥यो नि ।
मन्त्रीमण्डल पुनःगठनको समय आइगयो । बिदा गर्ने बेलामा के यस्तो गर्नु भन्ने पनि होला नि तपाइहरुलाई ?
– हा.हा.हा .. त्यो त पद निरन्तर राख्न पनि बल गर्दै हुनुहुन्छ नि ।