विराटनगर । अन्न भण्डारको उर्वर भूमि मानिने कोशी प्रदेशमा असारको तेश्रो हप्तासम्म २९ प्रतिशत मात्र धान रोपाइँ भएको छ । मनसुन सक्रिय नहुँदा प्रदेशभर न्यून वर्षा भएको छ जसले गर्दा धान रोपाइँ प्रभावित बनेको हो ।
प्रदेशमा सबैभन्दा बढी मध्यपहाडको जिल्लामा ४१.८७ प्रतिशत रोपाइँ भएको छ भने तराईको जिल्लामा २५ दशमलव ५४ प्रतिशत र उच्च पहाडमा २५ दशमलब २५ प्रतिशत धान रोपाइँ भएको छ ।कृषि विकास निर्देशनालय विराटनगर कोशीका अनुसार गतवर्षको असार २२ गतेसम्म ३४ दशमलव ४३ प्रतिशत धान रोपाइँ भएको थियो । मध्यपहाडमा धान खेती हुने ६७ हजार ७१७ क्षेत्रफलमध्ये ४१ दशमलव ८७ प्रतिशत धान रोपाइँ भएको हो ।
मध्यपहाडमा २८ हजार ३५१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । कृषि विकास निर्देशनालय कोशीका बाली विकास अधिकृत भवानी बस्नेतका अनुसार तराईका तीन जिल्लामा १ लाख ९३ हजार २८५ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा हालसम्म ४९ हजार ३६० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । जुन धान खेती हुने क्षेत्रफलको २५ दशमलव ५४ प्रतिशत हो ।
उच्च पहाडमा २५ दशमलव ५० प्रतिशत धान रोपाई भएको छ । १५ हजार ३८३ हेक्टर क्षेत्रफलमध्ये ३ हजार ९२२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ ।उच्च पहाडी जिल्लाको सोलुखुम्बुमा २६ दशमलव ९३ प्रतिशत धान रोपाइएको भएको छ । ताप्लेजुङमा ५ हजार ६६६ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा २९ दशमलब ४३ प्रतिशत धान रोपाइँ भएको छ ।
संखुवासाभामा १ हजार २२५ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा २४ प्रतिशत धान रोपाइ भएको छ । त्यसैगरी मध्यपहाडी जिल्ला ओखलढुङ्गामा ३ हजार ८३ हेक्टर क्षेत्रफलमध्ये ४२ दशमलव ८८ प्रतिशत धान रोपाइँ भएको हो ।
भोजपुरमा १२ हजार ५० हेक्टर क्षेत्रफलमा धान खेतीहुँदै आएकोमा हालसम्म ५८ प्रतिशत धान रोपाइँ भएको छ । धनकुटामा ४ हजार ९३८ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा हालसम्म १७ प्रतिशत, तेह्रथुममा ६ हजार ६१५ हेक्टर क्षेत्रफलमध्ये ३३ प्रतिशत, उदयपुरमा १३ हजार ३८० हेक्टरमध्ये ३१ प्रतिशत रोपाइँ भएको छ । त्यस्तै खोटाङमा १० हजार १८ हेक्टर मध्ये ५७ प्रतिशत रोपाइँ सम्पन भएको छ ।
पाचँथरमा ५ हजार ८४९ हेक्टर क्षेत्रफलमध्ये ५९ प्रतिशत, इलाममा ११ हजार ६२ हेक्टर क्षेत्रफलमध्ये ३० प्रतिशत धान रोपाइँ भएको छ ।झापामा २१ प्रतिशत धान रोपाइँ भएको छ । झापामा ७५ हजार ४५९ हेक्टर क्षेत्रफलमध्ये १५ हजार ८४६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ ।
मोरङमा ३१ दशमलव ५० प्रतिशत धान रोपाइँ भएको छ । मोरङमा ६९ हजार ८१७ हेक्टरमध्ये २१ हजार ९९२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । सुनसरी भने २४ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । सुनसरीमा ४८ हजार ९ हेक्टर मध्ये ११ हजार ५२२ हेक्टरमा धान रोपाइँ भएको हो ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।