कोशी र बागमती प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भने भारी वर्षा हुन सक्ने

विराटनगर । आज दिउँसो कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रहनुका साथै मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यस्तै, कोशी र बागमती प्रदेशका पहाडी भूभागमा एकदुई स्थानमा भने भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना पनि छ।

आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य ठाउँमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ। ती प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थान र कोशी, बागमती तथा लुम्बिनीका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने चेतावनी दिइएको छ।

आइतबार, २२ असार, २०८२, बिहानको १०:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर