झापामा शौचालय गएका पुरुषको जंगली हात्तीको आक्रमणबाट मृत्यु

विराटनगर । झापामा शौचालय गएका १ जना पुरुषको जंगली हात्तीको आक्रमणमा परेर बिहीबार बिहान मृत्यु भएको छ ।

बिर्तामोड नगरपालिका–७ फक्तालुङ्गका ५९ वर्षीय लोकप्रसाद लिम्बूको मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । उनका अनुसार शौचालय जानलाई घर बाहिर आँगनमा निस्किएका बेला लिम्बूलाई बिहान ३ः४५ बजेतिर हात्तीले आक्रमण गरेको हो ।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । लिम्बूलाई आक्रमण गरेपछि हात्ती दक्षिणतर्फ लागेको थियो ।

बिहिबार, १९ असार, २०८२, बिहानको ०९:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर