विराटनगर । लुम्बिनी प्रदेशसभा सदस्य रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतबाट गत जेठ १६ गते पक्राउ पुर्जी जारी भएको हो । त्यसयता सांसद रायमाझी फरार छिन् ।
पर्साको पोखरिया बस्ने आशाकुमारी चौहानले बैंकिङ कसुरमा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, पर्सामा उजुरी दिएकी थिइन् ।
यसैबीच जिल्ला प्रहरी कार्यालय पर्साले असार ३ गते बर्दिया प्रहरीलाई एक पत्र लेख्दै सुमनलाई पक्राउ गरी बुझाइदिन आग्रह गरेको छ ।
सुमन बर्दियाकी भएकाले प्रहरीले सम्बन्धित जिल्लाको प्रहरीलाई पत्राचार गरेको हो । आशाकुमारी चौहानको जाहेरीअनुसार सुमन बैंकिङसम्बन्धी कसुर मुद्दामा फरार रहेकाले उनलाई पक्राउ गरी तथा उनको घर खानतलासी गरी जिल्ला प्रहरी कार्यालय पर्सालाई बुझाउन आग्रह गरिएको छ ।
जनमत पार्टीका प्रदेशसभा सदस्य रायमाझीले सोही पार्टीका नेतृ आशाकुमारीसँग ५ लाख ५० हजार रुपैयाँ सापटी लिएकी थिइन् ।
रकम फिर्ता दिने ग्यारेन्टीका लागि प्रदेशसभा सदस्य रायमाझीले २०८१ भदौ ७ गते दुई लाख ७५ हजार रुपैयाँको चेक अनितालाई दिएकी थिइन् ।
चौहान पनि जनमत पार्टीकै नेता हुन्।