लोड हुँदैछ...

मेनु

प्रदेश सरकारले बनायो १० लाखको जाँतो

प्रदेश सरकारले बनायो १० लाखको जाँतो

पथरी । आधुनिक प्रविधिको विकाससँगै दैनिक प्रयोगबाट हराउँदै गएको परम्परागत जाँतोको स्मरण गराउने गरी मोरङको लेटाङमा १४ लाख रुपैयाँ खर्चेर नेपालकै सबैभन्दा ठूलो जाँतो बनाइएको छ ।

लेटाङ नगरपालिका–९ मा करिब १५ धुर क्षेत्रफलमा कोशी प्रदेश सरकारको १० लाख रुपैयाँको सहयोग र स्थानीयवासीको ४ लाख बराबरको जनश्रमदानमा जाँतो निर्माण गरिएको हो ।

जातोसँगै आकर्षक पार्क पनि निर्माण भइसकेको छ । जसले पर्यटकहरूलाई थप आकर्षण गरिरहेको लेटाङ नगरपालिकाले जनाएको छ । लेटाङ वडा नम्बर ९ का वडाध्यक्ष नन्दकिशोर दाहालका अनुसार गाउँघरमा कुटानी पिसानको साधन जाँतो अहिले इतिहास बन्दै गएकोमा त्यसको स्मरण गर्न जाँतो पार्क बनाइएको हो ।

इतिहासको स्मरण, पर्यटन प्रवद्र्धन र सांस्कृतिक संरक्षणको लागि जाँतोको स्तम्भ बनाएको नगरपालिकाले जनाएको छ । जाँतोबाट नामाकरण भएको जाँते क्षेत्रमा रहेको जाँतो ग्रामिण संस्कृति र पहिचानको प्रतीक बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।