विराटनगर । टिपरको ठक्करबाट विराटनगरमा एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–३ पञ्चेश्वर मन्दिरअगाडि टिपरले स्कुटरलाई टक्कर दिँदा मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ का सुशील बजगाईंको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।
मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ क ९५३ नम्बरको टिपरले उत्तरतर्फ नै जाँदै गरेको प्र १–०२–०४८ प ३७८१ नम्बरको स्कुटरलाई दिउँसो २ः३० बजेतिर ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका बजगाईलाई उपचारका लागि विराट शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए । दुर्घटनालगत्तै टिपर र चालक मोरङको कानेपोखरी गाउँपालिका–३ का ३३ वर्षीय कूलदीप चौधरीलाई नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा स्कुटर चालक २० वर्षीय प्रितम बजगाईंको अवस्था भने सामान्य छ । उनी सुशीलका छोरा हुन् ।