विराटनगर । प्रहरीले एक युवकलाई लागु औषध खैरो हिरोइनसहित पक्राउ गरेको छ।
झापाको मेचीनगर नगरपालिका –६ काँकरभिट्टास्तिथ नेपाल भारत सीमा क्षेत्रको पुरानो मेचीपुलबाट कन्काई नगरपालिका – ४ सुरुङगा घर भएका ३३ वर्षीय संञ्जित सिवा दर्जीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
लागु औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले भाडाको सिटिसफारीमा भारतबाट नेपाल तर्फ आउँदै गर्दा उनलाई पक्राउ गरेको हो।
उनले बोकेको झोलाभित्र चिनीमा प्याक गरेको प्लाष्टिकको पोका खोली हेर्दा लागु औषध खैरो हिरोइन जस्तो देखिने लिसाइलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
उक्त पदार्थ नापतौल गर्दा प्लाष्टिकसहित २२ ग्राम ५७० मिलिग्राम भएको पनि प्रहरीले जनाएको छ।

