दुई हात्ती मृत भेटिए

विराटनगर । झापाको मेचीनगर र सुनसरीको बराहक्षेत्रमा आइतबार विहान दुईवटा हात्ती मृत फेला परेका छन् ।
मेचीनगर–१ स्थित तिरिङ आसपासमा एउटा जंगली हात्ती मृत फेला परेको छ । डिभिजन वन कार्यालय झापाका अनुसार पूर्ण वयस्क नभइसकेको पोथी हात्ती मकैबारीमा मृत फेला परेको हो ।

वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले जंगली हात्ती मृत फेला परेको र उक्त स्थानमा डिभिजन वन कार्यालयको टोली पुगिसकेको बताए । हात्ती मृत्युको कारण भने खुलेको छैन ।हात्तीको पोस्टमार्टमका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) बाट टोली बोलाएको बन कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार बिहान करिब ९ बजे हात्ती मृत फेला परेको हो ।

उता सुनसरीको वराहक्षेत्र नगरपालिका–२ रेल्वे लाइनस्थित खेतको छेउमा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ । भाले हात्तीको गएराति मृत्यु भएको हुन सक्ने इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।हात्तीको सुँडमा गम्भीर चोट लागेको अवस्थामा सोमबार बिहान शव भेटिएको जनाइएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय र डिभिजन वन कार्यालयको टोली पुगेर अनुसन्धान सुरु गरेको छ ।

पछिल्लो समय पूर्वी तराईमा मानव र हात्तीको द्वन्द्व बढेको छ । मानिसले कहिले हात्ती मार्ने र हात्तीले पनि मानिस मार्ने क्रम बढेको हो

सोमबार, ०२ असार, २०८२, साँझको ०७:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर