विराटनगर । सामाजिक सञ्जाल फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डाक्टर केशव श्रेष्ठ भेटिएका छन् ।
उनलाई काठमाडौंको बालाजुमा सोमबार दिउँसो २ बजेतिर सकुशल फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल राज बोहोराले जानकारी दिए । उनलाई परिवारको जिम्मा लगाइने एसपी बोहोराले बताए ।
सोमबार बिहान ‘सबैलाई अलबिदा’ भनेर परिवारका सदस्यलाई सम्बोधन गर्दै फेसबुकमा स्टाटस लेखेर उनी काठमाडौंबाट बेपत्ता भएका थिए ।
आफूले इमान्दार प्रयास गर्दागर्दै आफूमाथि विभिन्न षडयन्त्र भएको, तालुक निकायले असहयोग गरेको लगायत विषयमा उनले लेखेका थिए ।

