सुँगुरको मासु घाँटीमा अड्किएर वृद्धको मृत्यु

विराटनगर । सुँगुरको मासु खाँदै गर्दा घाँटीमा मासु अड्किएर एक वृद्धको मृत्यु भएको छ। धनकुटाकाे महालक्ष्मी नगरपालिका–९, मूर्तिढुङ्गाका ७८ वर्षीय प्रेमबहादुर लिम्बूको घाँटीमा मासु अड्किएर मृत्यु भएकाे हाे ।उनकाे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

जेठ २१ गते राति करिब ९ बजे मासु खाँदै गर्दा लिम्बूको घाँटीमा मासु अड्किएको थियो। अचेत अवस्थामा तत्काल उनलाई उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको थियो। तर, मिति २०८२ जेठ ३० गते राति १०:२५ बजे अस्पतालमै उपचारको क्रममा उनको निधन भएको धनकुटा प्रहरीले जानकारी दिएको छ।

पोष्टमार्टम लगायत अन्य कानुनी प्रक्रिया तथा आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएकाे छ ।

शनिबार, ३२ जेठ, २०८२, बिहानको ०६:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर