लोड हुँदैछ...

मेनु

नेटको तार जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

नेटको तार जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी । सुनसरीमा करेन्ट लागेर बिहीबार दिउँसो एक जनाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–१४ बस्ने २६ वर्षीय मुकेश कुमार चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।

इनरूवा नगरपालिका –८ कार्तिक चोकस्थित नेटको तार जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेज टिचिङ अस्पताल मोरङमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।