बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

विराटनगर । बालिकालाई बलात्कार गरेको आरोपमा सुन्दरहरैँचा बाट एक जना पक्राउ परेका छन् ।

१५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा मोरङको सुन्दरहरैँचा नगरपालिका–४ बस्ने ५७ वर्षीय अशोक कुमार धामी थारू मंगलबार दिउँसो पक्राउ परेका हुन् ।

अशोकले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बुधबार, २९ जेठ, २०८२, दिउँसोको ०३:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर