विराटनगरका विद्यालय तीन दिन बन्द

विराटनगर । अत्यधिक गर्मीका कारण विराटनगरका विद्यालय तीनदिनका लागि बन्द गरिएको छ ।

विद्यालयमा विद्यार्थी पुगेर पढ्न नसक्ने अवस्था आएको अभिभावकको गुनासोपछि महानगरपालिकाले तीनदिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

विराटनगरका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद ढुंगेलका अनुसार यदि वर्षा भएर पठनपाठनका लागि अनुकुल अवस्था सिर्जना भए विद्यालय खुल्नेछन् ।

गर्मीका कारण बालबालिकाको स्वास्थ्य जोखिम बढ्न सक्ने संभावना देखिएपछि विदा दिइएको हो ।

विराटनगर बाहेक अन्य स्थानीय तहले समेत विद्यालय बन्द गर्ने निर्णय गरिसकेका छन् । इटहरी, इनरुवासहित कोशीका तराई क्षेत्रका स्थानीय तहले विद्यालय बन्द गरिसकेका छन् ।

बुधबार, २९ जेठ, २०८२, बिहानको ०८:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर