गर्मी बढेपछि विराटनगरसहित चार पालिकाले गरे विद्यालय बन्द

विराटनगर । अत्यधिक गर्मी बढेपछि कोशी प्रदेशका चार पालिकाले विद्यालय बन्द गर्ने भएका छन्।

मोरङको विराटनगर, सुनसरीको इटहरी तथा इनरुवा नगरपालिका र झापाको कमल गाउँपालिकाभित्रका विद्यालयहरू बन्द हुने भएका हुन् ।

विराटनगरले विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। गर्मी बढेपछि महानगरपालिकाले बुधबारदेखि तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको मेयर नागेश कोइरालाका प्रेस सल्लाहकार मिन कुमार नवोदितले बताए ।

यस्तै इटहरी, इनरुवाले समेत विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । गर्मी अत्यधिक बढेपछि सुनसरीको इटहरी उपमहानगरपालिका र इनरुवा नगरपालिकामा विद्यालयको पठनपाठन बन्द गरिएको छ ।

इटहरीले भोलि बिदा दिएको छ भने इनरुवाले तीन दिन बिदा दिएको छ। उता झापाको कमल गाउपालिकाले दुई दिन बिदा दिएको छ ।

अत्यधिक गर्मी बढेपछि विद्यालयमा पठनपाठन गर्ने अवस्था नबनेपछि विद्यालय बन्द गरिएको स्थानीय तहहरूले बताएका छन् । मङ्गलबार विराटनगर सहित पूर्वी तराईको तापक्रम ३९ डिग्री सेल्सियससम्म पुगेको छ।

मङ्गलबार, २८ जेठ, २०८२, साँझको ०७:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर