लोड हुँदैछ...

मेनु

सबै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गर्ने मन्त्री परिषद्को निर्णय

सबै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गर्ने मन्त्री परिषद्को निर्णय

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशका १४ वटा जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गर्ने भएको छ। कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार मन्त्रालयको ओएनएम स्वीकृत गर्दै कार्यालय स्थापना गर्ने निर्णय गरेको हो।

कोशी प्रदेशमा यसअघि सातवटा सहरी विकास कार्यालय र सातवटा पूर्वाधार कार्यालय थिए। प्रदेश सरकारका प्रबक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीका अनुसार ती कार्यालय प्रत्येक जिल्लामा थिएनन्। कुनै जिल्लामा सहरी र पूर्वाधार दुईटै कार्यालय थिए। त्यसका कारण एउटा कार्यालयले दुई तीनवटा जिल्लासम्म हेर्नुपर्दथ्यो।

अब प्रत्येक जिल्लाले आफ्नो जिल्लाको मात्रै काम हेर्नुपर्ने र यसले सेवा प्रवाहमा सजिलो हुनेछ । मन्त्री भण्डारीले यो निर्णयले काम छिटो छरितो र हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।