लोड हुँदैछ...

मेनु

सर्जक गणेश रसिकको निधन

सर्जक गणेश रसिकको निधन

विराटनगर । सर्जक गणेश रसिकको निधन भएको छ । ७८ वर्षको उमेरमा उनको आइतवार निधन भएको हो ।

ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा प्रोस्टेट क्यान्सरको उपचार गराइरहेका उनको आज बिहान ११ बजे निधन भएको हो । उनका अनुसार रसिककी छोरी बेलायतबाट फर्किएपछि दाहसंस्कार गरिनेछ। उनको पार्थिव शरीर अहिले महाराजगन्जस्थित शिक्षण अस्पतालमा राखिएको छ।

भोजपुर छिनामाखुमा विसं २००४ असोज ४ मा जन्मिएका रसिक पचासको दशकमा इलाम सरेका थिए। उनका सारङ्गीभित्र कथासङ्ग्रह, गणेश रसिकका गीतहरू, आकाश गंगाको ओतमुनि, दशगजामा उभिएर, जब सिस्नोहरू टेक्दै हिँडेलगायतका कथा, कविता, निवन्ध, नियात्रा र संस्मरणसहित एक दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

उनका छोरा र श्रीमतीको यसअघि नै निधन भइसकेको छ। उनले हटी होइन, डटी लड्ने नेपालीको बानी हुन्छ, तराई हेर कति राम्रो हरियो वन हुनाले, मेरो टाउको सानो छ, यो टाउको विशाल देश छ, रातो भाले क्वाँए क्वाँएजस्ता राष्ट्रिय र लोकगीत गाएका थिए।उनका केही रचना विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा समावेश छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।