विराटगर । कोशी प्रदेश सरकारले सात जना पत्रकारहरुलाई सम्मान गरेको छ । हरेक बर्ष गर्दै आएको एक लाख रुपैया राशि सहितको पत्रकारिता सम्मानबाट सात जना पत्रकारलाई विहिवार कोशी सरकारले सम्मान गरेको हो ।

सम्मानित हुने पत्रकारहरु मोहनकाजी न्यौपाने , चिन्तामणी दाहाल , विमल लामिछाने , मोहम्द सदरुल , यशोदा सेने ,राजेश्वर श्रेष्ठ र मनोज दाहाल छन ।

१८ औ गणतन्त्र दिवसको अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सातै जना पत्रकारहरुले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा अयोजित औपचारिक कार्यक्रममा नगद राशि सहित सम्मान प्रदान गरे ।